बग्दादमा झडप हुँदा पाँचको मृत्यु

भक्तपुर न्यूज

१ फागुन २०७३ ६:४७

बग्दादमा झडप हुँदा पाँचको मृत्यु

एजेन्सी, १ फागुन । इराकको राजधानी बग्दादमा झडप हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । शिया धर्मगुरु मुक्तदा अल सद्रका समर्थक र प्रहरीबिच बग्दादमा झडप भएको हो । झडपपछि बग्दादको उच्च सुरक्षा युक्त क्षेत्र ग्रिन जोनमा रेकट आक्रमण भएको छ । त्यसक्षेत्रमा धेरै रकेट आक्रमण भएको बिबिसीले जनाएको छ ।
सरकारी भवन र विदेशी कुटनीतिक नियोगका भवन रहेको क्षेत्रमा रकेट आक्रमण भएको छ । रकेट आक्रमणका कारण भएको क्षतिको विवरण आएको छैन । प्रहरीले अश्रृ ग्यास प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर गर्ने प्रयास गरेको थियो । त्यसक्रममा दुई सय भन्दा धेरै घाइते भएका छन् । प्रदर्शनकारीले भ्रष्टाचारको विरोध तथा चुनावी प्रक्रियामा सुधारको माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *