जनयुद्ध दिवस आज माओवादीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै
काठमाडौं, १ फागुन । आज २२ औं माओवादी जनयुद्ध दिवस माओवादी पार्टीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छ । आज भन्दा २२ वर्ष अघि ५२ सालमा आजकै दिन माओवादीले रोल्पाको होलेरी, रुकुमको राडी र सिन्धुलीको गडीमा प्रहरी चौकीमा आक्रमण गरी जनयुद्धको घोषणा गरेको थियो ।
जनयुद्ध दिवसका अवसरमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्दको नेतृत्वको नेकपा (माओवादी)ले छुट्टाछुट्टै कार्यक्रम गरी दिवस मनाउँदैछन् ।
नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे कार्यक्रम गरि जनयुद्ध दिवस मनाउँदैछ । शहिदहरुको वाइसिएलले साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गर्दैछ । वैद्य माओवादीले कुपण्डोलस्थित नेवाः राज्य कार्यालयमा जनयुद्ध दिवसको स्मरण गर्दैछ । त्यस्तै विप्लव माओवादीले जनयुद्ध दिवशको अवसर पारेर पार्टी महाधिवेशन गर्दैछ । आज खुल्लामञ्चमा उद्घाटन हुने ८ औं महाधिवेशनमा देशभरिका नेता तथा कार्यकर्ता राजधानीमा भेला हुँदैछन् ।