पार्टीमा गएका देउजा खेतमा मृत भेटिए

भक्तपुर न्यूज

२८ माघ २०७३ ७:३९

पार्टीमा गएका देउजा खेतमा मृत भेटिए

भक्तपुर २८ माघ । सुर्यविनायक नगरपालिका – १२ चित्तपोल देउजा गाँउ निवासी ३६ बर्षीय राम देउजा मृत भेटिएका छन् । फन भ्याली पार्टीमा जान भनी हिँडेका उनको शव नलिन्चोक जोरपाटी स्थित खेतमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य गरी शव पोष्टमार्टमको लागी त्रिविशिक्षण अस्पतालमा लगिएको छ । उक्त घटना बारे थप अनुसन्धान भईरहेको प्रसाईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *