आज सुनचाँदीको मूल्य घट्यो

भक्तपुर न्यूज

२८ माघ २०७३ ७:१८

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ माघ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५५ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आज ६ सयले घटेर ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   यो मूल्य ९९।९ प्रतिशत शुद्ध फाइन सुनको हो । ९९।५ प्रतिशत शुद्ध स्टाण्डर्ड सुनको मूल्य योभन्दा ३ सय रुपैयाँले कम हुने गर्दछ ।
यस्तै, हिजो ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ८ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *