दर्पण छायाँ-२ को ट्रेलर सार्वजनिक

भक्तपुर न्यूज

२८ माघ २०७३ ७:०२

दर्पण छायाँ-२ को ट्रेलर सार्वजनिक

काठमाडौं, २८ माघ । तुलसी घिमिरे निर्देशित चलचित्र दर्पण छाँया–२ को ट्रेलर सार्वजनिक भएको छ । आगामी फागुन २७ गते रिलिज गर्ने तयारी गरिएको सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सहारा फिल्मस्को प्रस्तुति रहेको दर्पण छायाँ–२ मा पुष्पल खड्का, श्रद्धा प्रसाई र सहारा कार्कीको मुख्य भूमिका रहेको छ । सरोज खनाल, विएस राणा लगायतले पनि चलचित्रमा अभिनय गरेका छन् ।
यस चलचित्रमा संगित रञ्जित गजमेर र चन्दन लोम्जेलको रहेको छ भने नृत्य निर्देशन छुन्डुप लामाको रहेको छ । दर्पण छायाँ चलचित्रको सफलतापछि निर्देशक घिमिरेले आफ्नै लेखनमा दर्पण छायाँ–२ बनाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *