बैंकले गाडी, घरजग्गा र सेयर धितोमा कर्जा नदिने
काठमाडौ २८ माघ । तरलता अभावको कारण देखाउँदै बैंकहरुले गाडी, घरजग्गा र सेयर धितोमा दिदै आएको कर्जा रोकेका छन् ।
नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा रोक्न भनेपछि बैंकहरुले गाडी, घरजग्गा र सेयर धितो कर्जा रोक्ने निर्णय गरेका हुन् । राष्ट्र बैंकले उत्पादनशील क्षेत्रतर्फ कर्जा बढाउने बताएका छन् ।
तरलता अभावबारे राष्ट्र बैंकका गनर्भर डा चिरञ्जिवी नेपालले बुधबार बैंकरहरुसँग छलफल गर्नुभएको थियो । बिहीबार पनि अर्थमन्त्री, अर्थसचिव, राजश्व सचिव र गभर्नरबिच छलफल भएको थियो ।
छलफलमा गभर्नर नेपालले तरलता अभावको अवस्थालाई सामान्य पार्ने प्रयास भईरहेको र आफुले बैंकरहरुलाई आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएको बताउनुभएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
५ असार २०८२ १४:०३
ओलम्पिक कमिटीमाथि तालाबन्दी, खेलकुदको भविष्य संकटमा : श्रेष्ठ
५ असार २०८२ ९:०३
वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
५ असार २०८२ ८:५५
बागमतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
५ असार २०८२ ८:५६
सहकारी ठगका आरोपी भण्डारीलाई कम्बोडियाबाट काठमाडौं ल्याइयो
६ असार २०८२ १५:०३