आज अख्तियारको २६ औं स्थापना दिवस

भक्तपुर न्यूज

२८ माघ २०७३ ४:५२

आज अख्तियारको २६ औं स्थापना दिवस

काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज २६ औं स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्दै छन् ।
२०३२ सालमा स्थापना भएको अख्तियार सार्वजनिक क्षेत्रको भ्रष्टाचारको अनुसन्धान गरी दोषी पाइएकालाई मुद्दा दायर गर्न पाउने संवैधानिक निकाय हो । धेरै आलोचना र कम मात्र स्याब्बासी पाउँदै आएको अख्तियारले समय अनुसार अनुसन्धान पद्धती सुधार गर्न नसकेको आरोप लाग्ने गरेको छ ।
लामो समय पदाधिकारीविहीन हुँदा खासै गतिविधि गर्न नपाएको अख्तियारले प्रमुखमा लोकमानसिंह कार्की नियुक्त भएपछि गति लिने अपेक्षा गरिएपनि उनका कारण उल्टै अख्तियारको शाख गिर्न पुगेको छ ।
सर्वोच्च अदालतले नियुक्ति नै गैरकानूनी रहेको पुष्टि गरेपछि लोकमान सर्वोच्चको प्रमुख आयुक्तबाट हटिसकेका छन् । विभिन्न सूचकले देशमा भ्रष्टाचारको अवस्था घट्न नसकेको देखाइरहेका बेला अख्तियारले गुमेको शाख आर्जन गर्दै अनुसन्धान पद्धतीलाई बलियो बनाउनुपर्नेमा अख्तियारका पूर्व आयुक्त तथा आयुक्तहरुले जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *