राष्ट्रिय टिमका लागि सुपर लिगबाट छानियो २४ खेलाडी

भक्तपुर न्यूज

२७ माघ २०७३ ९:३०

राष्ट्रिय टिमका लागि सुपर लिगबाट छानियो २४ खेलाडी

काठमाडौं, २७ माघ । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि सुरुवातमा २४ खेलाडी छनौट गरिएको छ । क्लोज क्याम्पमा लागि २४ खेलाडी छनौट भएका हुन् । क्याम्पपछि अन्तिम खेलाडी छनौट हुनेछन् । क्लोज क्याम्प आगामी फागुन १ गतेबाट हुनेछ ।
खेलाडी छनौट गर्न गएको ६ गतेदेखि ११ गतेसम्म सुपर लिग खेल खेलाइएको थियो । गएको वर्ष खेलाडीले गरेका प्रस्तुतिका आधारमा सुपर लिगका लागि ५२ खेलाडी छनौट भएका थिए । ५२ जनाबाट क्लोज क्याम्पका लागि २४ खेलाडी छनौट भएका हुन् ।
५२ खेलाडीलाई ४ टिममा विभाजन गरेर खेल खेलाइएको थियो । सुपर लिगमा खेलाडीले गर्ने प्रदर्शनका आधारमा राष्ट्रिय टिमका लागि खेलाडी छनौट गरिएको हो । खेलाडी छनौटमा आइसिसीका प्रतिनिधि वेनकटपथि राजु, कोच जगत टमाटा, कप्तान पारस खड्का थिए ।
को को परे उत्कृष्ट २४ मा ?
पारस खड्का,
ज्ञानेन्द्र मल्ल,
आरिफ शेख,
अमित श्रेष्ठ,
सुशन भारी,
दिलिप नाथ,
मेहबुब आलम,
करण केसी,
आसिफ सेख,
सागर पुन,
भुवन कार्की,
सरद भेषवाकर,
कुसल भुर्तेल,
बिक्रम शोब,
शक्ति गौचन,
अभिनास कर्ण,
सोमपाल कामी,
सुनिल धमाला,
दीपेन्द्र सिंह ऐरी,
बसन्त रेग्मी,
दीपेश श्रेष्ठ,
राजेश पुलामी मगर,
बिनोद भण्डारी,
सन्दिप लामिछाने,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *