मिस नेवाको उपाधि इशु श्रेष्ठलाई
काठमाडौं, २७ माघ । १२ औं नेपाल टेलिकम मिस नेवाः ११३७ को उपाधि इशु श्रेष्ठले जितेकी छिन् । नेप्लिज फेशन होमले काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा भएको अन्तिम स्पर्धामा २७ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको ताज जितेकी हुन् । उपाधिसँगै उनले आईएमईका तर्फबाट ३० हजार रुपैयाँ र सालिमार ज्वेलरका तर्फबाट चाँदीका ताज तथा विभिन्न उपहार प्राप्त गरिन् ।
प्रतियोगितामा २० हजार रुपैयाँ र विभिन्न उपहार सहित फस्ट रनरअपको उपाधि ओजस्वी श्रेष्ठले हाँसिल गरिन् भने १५ हजार रुपैयाँ र विभिन्न उपहार सहित सेकेन्ड रनर अपको उपाधि सृष्टी खड्गीले जितिन् ।
अन्य विभिन्न उपाधि तर्फको प्रतिस्पर्धामा रोज महर्जन मिस ट्यालेन्ट, ओमिजिना महर्जन बेस्ट नेपाल भाषा, आज्ञा कारञ्जित बेस्ट ड्रेस, मोनिमा खड्गी मिस एलिगेन्ट घोषित भए ।
यस्तै विनिता डंगोलले मिस फ्रेन्डसिप, रोश्ना श्रेष्ठले मिस चार्मिङ, क्रिजना डंगोलले बेस्ट स्माईल र सामाजिक सदभाव राजदुत, लेनिना बज्रचार्यले बेस्ट स्किनको उपाधि जिते । समीता श्रेष्ठले बेष्ट हेयर, मिस डिसिप्लेन सलिना श्रेष्ठ, मिस पर्सनालिटी पल्पसा श्रेष्ठ, मिस पब्लिक च्वाईस ओमिजिना महर्जन र मिस सोसियल वेलफेयर एम्बेस्डर समिता श्रेष्ठ, मोरिना मानन्धर घोषित भए ।