आइजिपी विवादका कारण आजको मन्त्रीपरिषद बैठक स्थगित

भक्तपुर न्यूज

२७ माघ २०७३ ७:२३

आइजिपी  विवादका कारण आजको मन्त्रीपरिषद बैठक स्थगित

काठमाडौं, २७ माघ । मन्त्रीपरिषदको आजको नियमित बैठक स्थगित भएको छ । आइजीपी नियुक्तिका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवावीच विवाद चर्किएपछि बैठक स्थगित भएको स्रोतले जनाएको छ ।
यही साता अवकाश पाउन लाग्नु भएका आइजीपी उपेन्द्रकान्त अर्यालका ठाउँमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री दाहाल उभिनु भएपछि देउवा रुष्ट बनेका थिए । प्रधानमन्त्रीले प्रहरी संगठनभित्र पार्टीले हस्तक्षेप गर्न नहुने र संगठनमा अहिलेसम्म रहेको चेन अफ कमाण्डलाई बिगार्न नहुने बताएको भएपनि देउवाले तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउन दबाव दिएको स्रोतले बताएको छ ।
आज बिहानै बालुवाटार पुग्नु भएका मुख्यसचिव सोमलाल सुवेदीलाई प्रधानमन्त्रीले बैठक स्थगित भएकोबारे मन्त्रीहरुलाई सूचना दिन निर्देशन दिएका थिए ।
देशभरिका २६ डीआइजीमध्ये नवराज सिलवाल पहिलो बरियतामा छन् भने दोस्रोमा प्रकाश अर्याल र तेस्रोमा जयबहादुर चन्द रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *