रेडक्रसका ६ कर्मचारीको हत्या
एजेन्सी, २७ माघ । बिद्रोही संगठन इस्लामिक स्टेटका लडाकुले अन्तर्रा्ष्ट्रिय रेड क्रस समिति (आइसिआरसी) मा कार्यरत ६ जनाको हत्या गरेका छन् । अफगानिस्तानको जोव्जान प्रान्तमा भएको घटनामा आइसिआरसीमा काम गर्ने ६ जना अफगानी नागरिकको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।
उनीहरुलाई बन्दुकधारी आइएसका लडाकुले कुश तेपा क्षेत्रमा गोली हानेका हुन् । दुई जना रेडक्रसकर्मी बेपत्ता रहेको प्रान्तिय गभर्नरले बताएका छन् । उनीहरुलाई आइएसका लडाकुले अपहरण गरेको आशंका छ । आइसिआरसीले घटनाको पुष्टि गर्दै हत्या कसले र किन गरेको हो भन्ने थाहा नभएको जनाएको छ ।
आइसिआरसीले इराकमा गर्दै आएको काम अस्थायी रुपमा बन्द गरेको छ । आइएसले सन् २०१५ देखि इराकमा हिंसात्मक गतिविधि गर्दै आएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३