युवतीको शव जंगलमा फेला, सामूहिक बलात्कारपछि हत्या भएको आशंका
खोटाङ, २७ माघ । खोटाङमा एक किशोरी मृत अवस्थामा भेटिएकी छन् । मृत अवस्थामा फेला पर्नेमा खोटाङ लिच्कीराम्चे–८ की १७ वर्षकी रीता तामाङ रहेकी प्रहरीले जनाएको छ । मंगलबार रातिदेखि हराएकी तामाङ हिजो सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा मृत अवस्थामा भेटिएकी हुन् ।
सिम्पानी बजारको एक होटलमा काम गर्दै आएकी तामाङ मंगलबार बेलुकी घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् । सिम्पानीस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी तामाङ बिहान काम गर्न होटल जाने र बेलुकी आफ्नो घर फर्कने गरेको उनका बुबा वीरबहादुर तामाङले जानकारी दिए ।
हराएकी तामाङको खोजी गर्दा जंगलमा मडारिएको ठाउँ रहेको र मडारिएको ठाउँभन्दा ४० मिटर तल उनलाई मृत अवस्थामा अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ