बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

भक्तपुर न्यूज

२७ माघ २०७३ ४:५१

बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

रुपन्देही, २७ माघ । रुपन्देहीमा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । लु २ ख ७८५ नम्बरको बसले तिलोत्तमा नगरपालिका–१६ भूपुसैनिक टोलमा ठक्कर दिँदा नवलपरासी सुनवल–१० का ६४ वर्षका दुर्गाबहादुर कुवँरको मृत्यु भएको हो ।
साइकलमा बाटो काट्दै गरेका कुवँरलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *