छाब्दी बाराही लोक दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं, २६ माघ । लोक–पप गायिका पार्वती खनाल र रवि घर्ति मगरको आवाजमा रहेको लोकगीत छाब्दी बाराही बोलको लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । विवश गोर्खालीको शब्द र लय रहेको गीतको भिडियो निर्देशन जीवन पन्तले गरेका हुन् ।
प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराहीको प्रबर्द्धनका लागि बनाइएको गीतको भिडियोमा छाब्दि बाराही मन्दिर परिसरसंगै विभिन्न भागलाई उतारिएको छ । भिडियोमा सुवास पन्थ र आशिका गुरूड्गको अभिनय रहेको छ । भिडियोलाई शक्ति प्रज्जवल घिमिरेले खिचेका हुन् भने उनले नै काटेका हुन् । यसलाई बजारमा सार्थक डिजिटल प्रा.लि.ले ल्याएको छ ।
लोकगीतको संरक्षणमा जुट्दै आएको सामाजिक संजाल फेसबुकमा रहेको छाब्दी बाराही रोधिघर तनहुँको समुहको सक्रियतामा गीत बजारमा निस्किएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३