एनसेलले ल्यायो भ्यालेनटाइन डे अफर

भक्तपुर न्यूज

२६ माघ २०७३ ८:०२

एनसेलले ल्यायो भ्यालेनटाइन डे अफर

काठमाडौं, २६ माघ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकले आफूले छानेको एउटा विषेश नम्बरमा सुलभ दरमा कुरा गर्न सक्ने अफर ल्याएको छ । यस्तै रिङ ब्याक टोनमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
आजदेखि लागु हुने गरी एनसेलले भ्यालेनटाइन डे अर्थात प्रणय दिवशको अवसारमा दुई आकर्षक योजना सार्वजनिक गरेको हो । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग पेयर गरी सुलभ दरमा कुरा गर्न सक्ने अफर ल्याएको हो ।
आफ्नो नम्बरसँग आफूले चाहेको अर्को एनसेल नम्बर पेयर गरी मात्र ५० पैसाप्रति मिनेटमा कुरा गर्न सक्नेछन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । प्राप्त एसएमएस १५ दिनको लागि मान्य हुने र निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा मात्र पठाउन सकिने एनसेलले जनाएको छ ।
१७१०६ डायल गरी यो सेवा निःशुल्क सुचारु तथा आफूले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । त्यस्तै पिआरबिटी सेवाको छुट अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७११७ डायल गरी प्राप्त निर्देशन अनुसार २० वटा रोमान्टिक गीतहरुको सूचिबाट आफ्नो रोजाइको गीतलाई ५० प्रतिशत छुटमा आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् । यी दुवै अफर १५ दिनका लागि मान्य हुने एनसेलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *