स्कुल बसको ठक्करबाट पाल्पामा एक बालिकाको मृत्यु
पाल्पा, २६ माघ । पाल्पामा स्कुल बसको ठक्करबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका उच्च मावि बतासेमा कक्षा २ मा अध्ययनरत ८ वर्षीय सविना बगाले मगर रहेको प्रहरीले जनाएको छ ।
बिहान कुशुमखोला–७ गोहोदीमा लु १ क ११२० नम्बरको स्कुल बसले ठक्कर दिँदा उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । विद्यार्थी लिन गएको बसले मगरलाई ठक्कर दिएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
