भाषा तथा सम्पदाको मौलिकता जोगाउन जोड

भक्तपुर न्यूज

२६ माघ २०७३ ७:४३

भाषा तथा सम्पदाको मौलिकता जोगाउन जोड

भक्तपुर, २६ माघ । भाषा तथा सम्पदा बिज्ञ एबं नागरिक अगुवाहरुले नेपाली भाषा तथा सम्पदामाथि भएको बाह्य आक्रमण रोक्नु पर्ने र तिनको मौलिकता जोगाउनु पर्नेमा जोड दिएका छन् ।
भाषा तथा सम्पदा संरक्षण परिषदले भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाषा स्थानीयकरण तथा सम्पदा संरक्षण आजको आवश्यकता बिषयक कार्यपत्र प्रस्तुत गर्दै परिषदका अध्यक्ष डा.लक्ष्मीप्रसाद खतिवडाले बाहिरी दबाबमा देवनागरिक लिपी परिवर्तन गर्न लागिएको बताउँदै यसले नेपाली भाषामा मात्र होईन राष्ट्रियतामै चोट पुग्ने बताए ।
लिपीलाई परिवर्तन गर्न नहुने बताउँदै उनले यो ईन्टरनेटबाट लोप भईसकेकोमा चिन्ता ब्यक्त गरे । उनले भारतले नेपालका मौलिक जडिबुटीलाई आई एस ओ मा दर्ता गराएर आफ्नो बनाउने षडयन्त्र गरिसकेको बताउँदै उनले यस्तो अबस्थामा देबनागरिक लिपीलाई बचाएर नेपाली भाषा बचाउनुपर्ने र अन्र्तराष्ट्रिय स्तरमा हाम्रो मौलिकतालाई जोगाउन आईएसओ एकाई गठन गर्नुपर्ने बताए ।
कार्यक्रममा सांसद केदार संजेलले भाषा तथा सम्पदामाथिको बाह्य अतिक्रमण गम्भीर भएको बताउँदै परिषदको आवाजलाई राजनीतिक, कार्यपालिका र संसदीय तहमा पुर्याउन पहल गर्ने बताए ।
कार्यक्रममा प्राध्यापक संघका केन्द्रीय अध्यक्ष रामेश्वर उपाध्याय, प्रगतिशिल प्राध्यापक संघका सभापति प्रा.डा. यादबप्रसाद लामिछाने, पूर्ब सचिब रामेश्वर खनाल, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की परिषदका महासचिब प्रा.टेक बहादुर क्षेत्री, सदस्य सहप्राध्यापक मोहनपोखरेल लगायतले नेपाली भाषा संस्कृति संकटमा रहेकोले तिनको संरक्षणको लागि सरकारलाई घच्घच्याउनुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्साल, प्रजातन्त्र सेनानी रामबहादुर ठकुरी, स्थानीय बुद्घिजीवी रामप्रसाद दवाडी, परिषद्का ध्रुव ठकुरी, शिबबहादुर खड्का, पुष्करराज बुढाथोकी साउँतेली, बिद्या खड्का लगायतको सहभागिता रहेको थियो ।
परिषदले यस अघि पुर्ब सांसद मञ्चका पदाधिकारी तथा सदस्यसँग छलफल गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *