जनकपुरको कपास पसलमा आगलागी
जनकपुर, २६ माघ । जनकपुरको एक कपास पसलमा आगलागी हुँदा १३ लाख भन्दा बढीको क्षति भएको छ । जनकपुरको मिल्सएरियामा रहेको ताज रुई सेन्टरमा हिजो राति आगलागी भएको हो । जनकपुर उपमहानगरपालिका–१६ पुलचोकका मो.अयुव हुसेनले काठको घरमा सञ्चालन गरेको रुई पसलमा हिजो राति ८ बजे आगलागी भएको हो । आगलागीका कारण पसलको सबै सामान जलेको छ ।
रुईको पसल भएकाले आगो एकै छिनमा घरभरि फैलिएको थियो । वारुणयन्त्र, प्रहरी, स्थनीय बासिन्दाको प्रयासमा आगो निभाइएको थियो । आगो कसरी लागेको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
