जनकपुरको कपास पसलमा आगलागी
जनकपुर, २६ माघ । जनकपुरको एक कपास पसलमा आगलागी हुँदा १३ लाख भन्दा बढीको क्षति भएको छ । जनकपुरको मिल्सएरियामा रहेको ताज रुई सेन्टरमा हिजो राति आगलागी भएको हो । जनकपुर उपमहानगरपालिका–१६ पुलचोकका मो.अयुव हुसेनले काठको घरमा सञ्चालन गरेको रुई पसलमा हिजो राति ८ बजे आगलागी भएको हो । आगलागीका कारण पसलको सबै सामान जलेको छ ।
रुईको पसल भएकाले आगो एकै छिनमा घरभरि फैलिएको थियो । वारुणयन्त्र, प्रहरी, स्थनीय बासिन्दाको प्रयासमा आगो निभाइएको थियो । आगो कसरी लागेको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३