शुसिल कोइरालको प्रथम स्मृति दिवस आज
काठमाडौं, माघ २६ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाको आज स्मृति दिवस मनार्इंदैछ । स्मृति दिवसको अवसरमा कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गर्दैछन् ।
उनको गत वर्ष माघ २६ गते राति निमोनियाका कारण निधन भएको थियो । युवा अवस्थामा भारतमा रहँदा राजनीतिमा आवद्ध कोइराला २०६७ भदौ २५ गतेदेखि नेपाली कांग्रेसको सभापति भएका थिए ।
२०७० माघ २७ गते संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका कोइरालाले संविधानसभाबाट संविधान जारी भएपछि २०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । वि.सं. १९९५ मा विराटनगरमा जन्मिएका कोइराला नेपालका ३७ औं प्रधानमन्त्री बनेका थिए । कोइरालाकै कार्यकालमा अर्थात वि.सं. २०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारी भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
