बिस्तापितलाई राहत बितरण

भक्तपुर न्यूज

२५ माघ २०७३ १२:३०

बिस्तापितलाई राहत बितरण

लक्ष्मीराज पाध्याय
बाजुरा,२५ माघ । गएको साउँन महिनाकोे मुसलधारे पानिका कारण धन जनको क्षेती र भौतिक संरचनामा ठुलो असर परेको थियो। केही गाउँहरु पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोले बडिमालिका नगरपालिका वडा नं ४ रजालीको सेरगाँउमा रहेका ६० घर र नगरपालिकाकै वडा नं न ९ मा रहेका जिल्ली गाँउमा ४२ घर पहिरोको जोखिममा परेका थिए। त्यस मध्य दोस्रो पटक पहिरो बाट बिस्थापीत २४ परीवारले राहत पाएका छन्।
दैविक प्रकोप उद्धार समितीले सिफारीस गरे अनुसार कारीतास नेपाले राहत दिएको हो ।
त्यस बेला वर्षात संगैको पहिरोले गर्दा भिरालो ठाँउमा रहेका जिल्लाका केही सरकारी कार्यालहरु जिल्ला स्वास्थ्य कार्यालय, समरजित गुल्म नेपाली सेना व्यारेक, जिल्ला कारागार शाखा, जिल्ला सिंचाई कार्यालय, बाजुरा क्याम्पस र रेडीयो पौरखीको स्टेशन टावर समेत प्रभावित बनेको थियो ।
कारीतास नेपालले पहिलो पटक १७ लाख बराबरको लत्ता कपडा र खाद्यान्न यस अघी साउन महिनामा नै बितरण गरेका थियो भने आज दोस्रो पटक सात लाख बराबरको लत्ता कपडा, बिद्यार्थीका लागि शैक्षिक सामग्री र पहिरोले बगाएको खानेपानीको योजना सुचारु गर्नको लागि पन्द्र सय मिटर पाईप जिल्ली खानेपानी योजना र रजालीको लागि एक सय बिस मिटर पाईप, जिल्ला प्रहरी कार्यालय बाजुरालाई एक सय मिटर पाईप एक कार्यक्रमका बिच बितरण गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी भिमबाहादुर शाहीले भनेः सरकारले दिनु पर्ने हो तर जिल्लामा पहिलो पटक ठुलो मात्रामा राहत दिएको छ।
स्थानिय जंग बिकले भने बाढी पहिरो पिडित राहतले हामीलाई ठुलो सहयोग भएको छ, कारीतास नेपाल सुदुर र मध्य पश्चिम संयोजकः जनक शर्माले भने हामीले दिएको राहत घाउँमा मलम लगाउँन लाई मात्र हो।
जिल्लामा दैबिक प्रकोपका लागि जिल्ला दैबिक प्रकोप उद्दार समितीमा संकलन गर्न र एक बर्षका लागि ब्यवस्थापन गर्नका लागि समयमा सोचेमा मात्र राहत समयमा दिन सकीने कुरा कार्यक्रममा सहभागिहरुले सुझाब दिएका थिए।
उसो त बाजुरका उत्तरी क्षेत्रमा सुख्खा पहिरो पनी जाने गरेका छन बाजुरा बाढि पहिरोको उच्च जोखममा रहेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *