ख्वपमा आजबाट तीनदिने शैक्षिक प्रदर्शनी सुरु

भक्तपुर न्यूज

२५ माघ २०७३ १२:२६

ख्वपमा आजबाट तीनदिने शैक्षिक प्रदर्शनी सुरु

भक्तपुर, २५ माघ । ख्वप विश्वविद्यालय स्थापनाको काम निरन्तर अगाडि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माविको सत्रौं, ख्वप कलेजको पन्धौं र शारदा क्याम्पसको छब्बीसौं वार्षिकोत्सव कार्यक्रम र वार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक शैक्षिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सो भनाई राखेका हुन ।
उनले दल दर्शन, विचार र कार्यक्रमको आधारमा राजनीतिक पार्टी स्थाापना हुने चर्चा गर्दै पञ्चायतले गरेको काम नेपाली काङग्र्रेसले, नेपाली काङ्ग्रेसको काम एमालेले र एमालेको काम एमाओवादीले गर्दै आएको हुँदा पार्टीहरुको नीतिमा भिन्नता नदेखिएकोले मिलेर एउटै पार्टी बनाउँदा उपयुक्त हुने भनाइ राखे । पार्टीगत स्वार्थको लागि विचारमा एकमत हुनु भनेको जनतालाई ढाँटने बताए ।
कार्यक्रमका सभापति एवं कलेज उच्च मावि सञ्चालक समितिका अध्यक्ष एवं सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुलाई ख्वप विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने उद्देश्य राखी अगाडि बढिरहेको बताए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राडा राममान श्रेष्ठले भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरु सञ्चालन गरेको अनुकरणीय कार्य भएको बताए । नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुमा सहयोग गर्न आफू तयार रहेको चर्चा गर्दै उनले ख्वप विश्वविद्यालय स्वीकृतिको लागि भक्तपुरका जनताहरु जाग्नुपर्ने आवश्यकता औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *