भक्तपुर नाई ट्रेडको अध्यक्षमा जितेन्द्र

भक्तपुर न्यूज

२५ माघ २०७३ १२:१०

भक्तपुर नाई ट्रेडको अध्यक्षमा जितेन्द्र

भक्तपुर, २५ माघ । भक्तपुरमा नाई ट्रेड युनियनको एक भेलाले जिल्ला कार्यसमिति गठन गरेको छ । भक्तपुरमा भएको भेलाले जीतेन्द्रकुमार ठाकुरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
रफत सञ्चार क्लव भक्तपुरमा भएको भेलाले उपाध्यक्षमा रमाकान्त ठाकुर, सचिवमा विनोद ठाकुर, कोषाध्यक्ष अजय ठाकुर निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा विरेन्द्र ठाकुर, इन्दल ठाकुर, आशनारायण ठाकुर, महेश ठाकुर, कपिलदेवी ठाकुर, हरि ठाकुर, रुणजय ठाकुर निर्वाचित भएका छन् ।
भेला नाई ट्रेड युनियनका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले उद्घाटन गरेका थिए । कार्यक्रममा केन्द्रीय सल्लाहकार विन्ध्यश्वरीलाल ठाकुर, जिल्ला सल्लाहकार लक्ष्मण ठाकुर र विनोद ठाकुरलगायतले बालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *