बाघको आक्रमणबाट प्रहरी इन्स्पेक्टरसहित तीन घाइते

भक्तपुर न्यूज

२५ माघ २०७३ १०:४८

बाघको आक्रमणबाट प्रहरी इन्स्पेक्टरसहित तीन घाइते

पर्सा, २५ माघ । पर्सामा बाघको आक्रमणबाट प्रहरी इन्स्पेक्टरसहित तीनजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय पोखरीयाका इन्सपेक्टर चक्रबहादुर साह लगायत तीन घाइते भएको प्रहरीले जनाएको छ । पर्सा वन्यजन्तु आरक्षबाट आएको बाघलाई नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय पोखरीयाका इन्सपेक्टर साह, स्थानीय मोतीलाल मण्डल घाइते भएका हुन् ।
बाघले लखनपुर गाविसका वडा नं ७ एकडर्वामा उनीहरुमाथि आक्रमण गरेको थियो । मध्यान्ह १२ बजेतिर आरक्षबाट आएको बाघले गाउँमा सर्वसाधराणलाई आक्रमण गर्न थालेको खबर पाएपछि प्रहरी टोली पुगेको थियो ।
घाइते साह र मण्डललाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको एसपी गोविन्दकुमार साहले जानकारी दिए । साहको हत्केलामा र मण्डलको टाउकोमा चोट लागेको छ । घाइतेको अहिले विरगन्जको हेल्थ कियर हस्पिटलमा उपचार भईरहेको छ ।
स्थानीय त्रसित छन् । बाघ अझै नियन्त्रणमा आउन सकेको छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *