बम आक्रमणमा परी गभर्नरको मृत्यु

भक्तपुर न्यूज

२५ माघ २०७३ ९:४९

बम आक्रमणमा परी गभर्नरको मृत्यु

एजेन्सी, २५ माघ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी जिल्ला गभर्नरको मृत्यु भएको छ ।
खाक इ साफ्ड जिल्लाका गभर्नरको हिजो राति हत्या भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थल देशको राजधानी काबुलदेखि ६९५ किलोमिटर पश्चिममा पर्दछ ।
आक्रमणको तालिवानी लडाकुहरुले जिम्मेबारी लिएका छन् । तालिवानी लडाकुहरुको आक्रमणमा परी गत वर्ष सन् २०१५ मा मात्रै देशभरी ६५० जनाको मृत्यु भएको थियो भने ५६० जना घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *