घामपानीको पंक्षी बोलको गीत सार्वजनिक
काठमाडौं, २५ माघ । फिल्म समिक्षक दीपेन्द्र लामा निर्देशित फिल्म घामपानीमा समावेश पंक्षी बोलको गीत यू–ट्युबमार्फत सार्वजनिक भएको छ ।
गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको छ । लामो समय पत्रकारिता र फिल्म समिक्षामा बिताएका समिक्षक लामा घामपानी मार्फत निर्देशनको रुपमा आएका हुन् ।
दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा बुद्धि तामाङ, अंकित खड्का, प्रकाश घिमिरे आदि कलाकारले अभिनय गरेका छन् । सार्वजनिक गीतमा पनि दयाहाङ राई र केकीको फिचरिङ छ भने गीतको कोरियोग्राफी पनि केकीले नै गरेकी हुन् । फिल्म बैशाख १ गतेबाट रिलिज हुँदैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५