हात्तीपाइले विरुद्धको औषधि फागुन तेस्रो हप्ता खुवाइँदै
काठमाडौं, २४ माघ । सरकारले आगामी फागुनमा हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ। स्वास्थ्य मन्त्रालयले यो वर्षको अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको छ।
स्वास्थ्य सेवा विभाग अन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आगामी फागुन २१, २२ र २३ गते ३० जिल्लाका दुई वर्षभन्दा माथिका मानिसलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागेको हो। महाशाखाका अनुसार तीन दिनसम्म चल्ने अभियान अन्तर्गत पहिलो दिन २१ गते जिल्लाका विभिन्न बुथहरुमा औषधि खुवाइने छ भने दोस्रो र तेस्रो दिन घरदैलो कार्यक्रम हुनेछ।
दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी महिलाले हात्तीपाइलेको औषधि सेवन गर्न नहुने महाशाखाका निर्देशक डा। भीम आचार्यले बताए। यस्तै, खाली पेटमा उक्त औषधि सेवन गर्नु हुँदैन। महाशाखाले विगत दुई चरणमा विभिन्न जिल्लालाई वर्गीकरण गर्दै औषधि खुवाउँदै आएकोमा यो वर्ष एकै चरणमा ३० जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको हो।
हात्तीपाइले रोग विरुद्ध डाइइथाइलकार्बामाजिन ९डिइसी० चक्की र अल्बेन्डाजोल ९जुकाको० चक्की गरी दुई प्रकारका औषधि खुवाइनेछ। हात्तीपाइले रोग निवारणका लागि प्रयोग हुने औषधि चक्कीको सेवनले यस रोगको परजीवी नष्ट गर्नुका साथै पेट र आन्द्रामा हुने विभिन्न थरिका अङ्कुशे, गोलो जुका, चुर्ना आदिको उपचार भई लाभ हुने डा। आचार्यले जानकारी दिए।
आचार्यका अनुसार नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिमयुक्त जिल्लामा छन्। तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ। जसमध्ये ३१ वटा जिल्लाका कार्यक्रम फेजआउट भइसकेका छन्।
काठमाडौं र भक्तपुरमा पनि विगतमा औषधि खुवाइन्थ्यो तर यहाँ हात्तीपाइले रोगको प्रसार दर ९प्रिभिलेन्स रेट० १ प्रतिशतभन्दा कम भएकाले औषधि खुवाउने कार्यक्रम रोकिएको हो। यो रोगको प्रिभिलेन्स दर १ प्रतिशतभन्दा कम भएमा उक्त क्षेत्रलाई निवारणउन्मुख क्षेत्र मानिन्छ।
यी हुन् यो वर्ष औषधि खुवाइने ३० जिल्ला
१. पाँचथर २. इलाम ३. झापा ४. मोरङ ५. सुनसरी
६. धनकुटा ७. भोजपुर ८. तेह्रथुम ९. उदयपुर
१०. ललितपुर ११. लमजुङ १२. पर्वत १३. म्याग्दी
१४. बाग्लुङ १५. कपिलवस्तु १६. दाङ १७. बाँके
१८. बर्दिया १९. सुर्खेत २०. दैलेख २१. जाजरकोट
२२. कैलाली २३. कञ्चनपुर २४. डडेलधुरा २५. डोटी
२६. अछाम २७. बाजुरा २८. बझाङ २९. बैतडी ३०. दार्चुला