भक्तपुरमा जेठसम्म स्वास्थ्य बीमा कार्यक्रम लागू गरिसक्ने सरकारको तयारी

भक्तपुर न्यूज

२४ माघ २०७३ ५:३४

भक्तपुरमा जेठसम्म स्वास्थ्य बीमा कार्यक्रम लागू गरिसक्ने सरकारको तयारी

। किरण बुढाथोकी ।
भक्तपुर, २४ माघ । सरकारले भक्तपुरमा पनि सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा कार्यक्रम) सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले सञ्चालन गरेको बृहत्त सामाजिक साझेदारीमा आधारित स्वास्थ्य बीमा कार्यक्रम तेस्रो चरणअन्तर्गत जिल्लामा सञ्चालन गर्न लागेको हो ।
सरकारको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने र स्वास्थ्य सेवा उपयोगका क्रममा हुन सक्ने अनियोजित व्यक्तिगत खर्चलाई व्यवस्थित गदै आर्थिक जोखिम व्यवस्थापन गर्ने उद्देश्यले यो कार्यक्रम देशका विभिन्न आठ जिल्लामा सूरु गरि लागू गरिसकेको छ ।
समितिले २०७२ चैत्र २५ गतेबाट कैलालीमा पहिलो चरणमा यो कार्यक्रम लागू गरेको थियो । त्यसपछि समितिले दोस्रो चरणमा म्याग्दी, कास्की, पाल्पा, अछाम, बैतडीमा यो कार्यक्रम लागू गरिसकेको छ । तेस्रो चरणमा भने भक्तपुरमा यो कार्यक्रम सञ्चालन गर्न लागेको समितिले जनाएको छ । भक्तपुरमा समितिले सरोकारवाला निकायसँग छलफल गर्दै चैतसम्म कार्यक्रम सूरु गरि जेठसम्म लागू गरिसक्ने कार्ययोजना तय गरेको छ ।
पहिलो चरण विभिन्न स्वास्थय संस्थाका ईन्चार्ज, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालासँग कार्यक्रम गरेको समितिले दोस्रो चरणमा स्वास्थ्य संस्थाका कर्मचारीलाई तालिम प्रदान गर्ने योजना रहेको समिति भक्तपुर प्रवन्धक हिरा रेग्मीले दिइन् । उनका अनुसार कर्मचारीलाई तालिम प्रदान गरिसकेपछि दर्ता सहयोगी छनौट गरिनेछ ।
जिल्लाको घरधुरीलाई आधार बनाएर भक्तपुरको हकमा एक हजार पाँच सय जनसंख्यको आधारमा एक जना दर्ता सहयोगी छनौट गरि स्वयसेवीकालाई तालिम प्रदान गरेर स्वास्थ्य बीमा कार्यक्रमको लागि वडा वडामा खटाइनेछ । समितिले भक्तपुरमा फागुनसम्म दर्ता सहयोगी छनौट सम्पन्न गरेर चैतसम्म बीमा कार्यक्रम सूरु गर्न कार्यालय स्थापना गरिसकेको प्रवन्धक रेग्मीले जानकारी दिइन् ।
उनका अनुसार कार्यक्रमअन्र्तगत दर्ता सहयोगी टोल टोलमा खटाई परिवारका प्रत्येक सदस्यलाई परिचय पत्र प्रदान गरिनेछ । नाबालकको हकमा निजको अभिभावक वा संरक्षकको परिचय खुल्ने प्रमाणपत्रको आधारमा सदस्यता प्रदान गर्न सकिने छ । सदस्यता प्रत्येक वर्ष नविकरण गर्नुपर्ने ब्यवस्था छ ।
यो कार्यक्रम अन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार दुई हजार पाँच सय, पाँचजनाभन्दा बढी जतिसुकै भए पनि प्रति सदस्य चार सय पचीसका दरले सेवा शूल्क लिइने ब्यवस्था गरिएको छ ।
अति गरिब, गरिब र जोखिममा परेका परिवारको परिचयपत्रको आधारमा कार्यक्रमा सदस्य बनाउदा योगदान बापतको रकममा क्रमशः शत प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत छुट पाउने ब्यवस्था रहेको छ । निशुल्क स्वास्थ्य सम्बन्धी कार्यक्रम तथा विपन्न नागरिकलाई दिईने उपचार निशुल्क रहने समितिले जनाएको छ ।
साथै यो कार्यक्रममा संलग्न सदस्यले ।बहिरगंरआकास्मिक सेवा, अतरग सेवा र औषधी पाउनेछन् । ।तोकिएका स्वास्थ्य संस्थाबाट पाँच जना परिवारले ५० हजार बार्षिक नेगेटिभ सूची बाहेकको सेवा पाउने र सोभन्दा बढी सदस्यका लागि प्रति थप सदस्य एक लाखको दरले अधिकतम १ लाख सम्ममको औषधि तथा उपचार सुविधा पाउनेछन् ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीका अनुसार झापा, तनहुँ, गोरखा, भक्तपुर र चित्तवनमा आगामी चैतसम्म यो कार्यक्रम सूरु गरिनेछ ।
त्यस्तै, आगामी २०७४ असारसम्म महत्तरी, जाजरकोट, जुम्ला, मकवानपुर, रोल्पा, सोलुखुम्बु, सुर्खेत बर्दिया, पर्सा, रौतहट, सिन्धुली र सुनसरी जिल्लामा यो कार्यक्रम लागू गरिसक्ने योजना रहेको समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *