क्यामरुन बन्यो अफ्रिका कप अफ नेशन्स च्याम्पियन
एजेन्सी, २४ माघ । अफ्रिका कप अफ नेशन्सको उपाधि क्यामरुनले जितेको छ । गाबोनमा गएराति भएको फाइनलमा इजिप्टलाई २–१ ले हराएर क्यामरुनले उपाधि जितेको हो । क्यामरुनले योसँगै पाँच पटक अफ्रिका कप अफ नेशन्सको उपाधि जितेको छ । क्यामरुनको जितमा निकोलस एनकुलु र विन्सेन्ट अबुबाकरले गोल गरे । खेलमा अग्रता भने इजिप्टले लिएको थियो । २२ औं मिनेटमा मोहम्मद अलनेनीले गोल गर्दै इजिप्टलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको क्यामरुनका लागि ५९ औं मिनेटमा एनकुलुले बराबरी गोल फर्काए । ८८ औं मिनेटमा अबुबाकरले गोल गर्र्दै क्यामरुनलाई जित दिलाए ।
क्यामरुनले १५ वर्षपछि फेरि उपाधि जितेको हो । यसअघि सन् २००२ मा क्यामरुनले उपाधि जितेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५