अवैध सुनसहित एक पक्राउ
काठमाडौं,२१ । माघ तेह्रथुम श्रीजंग–५ का ३३ वर्षका यादवप्रसाद दाहाललाई भन्सार छलेर लैजान लागेको सुनसहित आज प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
विमानस्थलको पार्किङ एरियामा विदेशबाट आगमन भएका नेपाली यात्रुको साथबाट सुनको बेरुवा औंठीहरु ४ थान (९९ ग्राम) अन्दाजी ४ लाख ६७ हजार ६ सय ७६ रुपैयाँ बराबरको संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा दाहालललाई प्रहरीले फेला पारेको जनाएको छ ।
उनलाई प्रहरीले आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार गौचर काठमाडौंमा बुझाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
