गाविस सचिवहरुलाई काममा फर्किन सरकारको आग्रह

भक्तपुर न्यूज

२१ माघ २०७३ ९:४३

गाविस सचिवहरुलाई काममा फर्किन सरकारको आग्रह

काठमाडौं, २१ माघ । भत्ता वृद्धिको माग गर्दै आन्दोलित भएका गाविस सचिवहरुलाई सरकारले काममा फर्किन आग्रह गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज विज्ञप्ति जारी गरी सेवा प्रवाहमा प्रभाव पार्ने कुनै किसिमका विरोधका कार्यक्रम नगरी काममा फर्कन आग्रह गरेको छ ।
गाविसहरु जनताको नजिकको सरकार भएकाले गुणात्मक र छरितो सेवा प्रदान गर्ने जिम्मेवारीबाट पछि हट्न नहुने स्थानीय विकास मन्त्रालयका सहायक प्रवक्ता मदन कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालले स्थानीय विकासमन्त्री हितराज पाण्डेसमक्ष राखेका नौबुँदे मागहरुबारे आवश्यक पहल र छलफलको प्रक्रिया पनि प्रारम्भ भएको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।
प्रोत्साहन भत्तालगायत सुविधा माग गर्दै गाविस सचिवहरुले काम नगरी सेवा ठप्प पारे भूकम्प पीडितलाई राहत वितरण तथा पुनर्निर्माणको कामसमेत प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *