स्वर्गीय भट्टराईको परिवारलाई लालटिनको सहयोग

भक्तपुर न्यूज

२१ माघ २०७३ ९:२३

स्वर्गीय भट्टराईको परिवारलाई लालटिनको सहयोग

काठमाडौं, २१ माघ । नेपाली चलचित्र लालटिनले स्वर्गीय आर पि भट्टराई (लाजालाम)को परिवारलाई आर्थिक सहयोग गरेको छ । नायक निर्जन थापाको नेतृत्वमा भएको चलचित्रको पहिलो च्यारिटी शो बाट उठेको रकमबाट ५० हजार रुपैया परिवारलाई हस्तान्तरण गरिएको हो ।
काठमाण्डौको जय नेपाल हलमा भएको एक कार्यक्रममा बैङ्कर अनिल शाह, चलचित्र लालटिनका निर्माता भानु प्रताप ढकाल, कलाकार तथा विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती थियो । आर पि भट्टराईको समेत अभिनय रहेको चलचित्र लालटिन प्रदर्शनको तयारीमा रहेको छ ।
लालटिन चैत्र २१ गते रिलिज हुने तयारीमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *