प्रधानमन्त्रीले मधेसी मोर्चालाई बालुवाटार बोलाए
काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई छलफलका लागि बालुवाटार बोलाएका छन् । आज अपराहृन ४ बजे प्रधानमन्त्री प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका हुन् ।
स्थानीय चुनावका लागि तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने मन्त्रिपरिषदको निर्णयप्रति मधेसी मोर्चा असन्तुष्ट छ । मोर्चाले संविधान संशोधन नभएसम्म चुनावमा सहभागी नहुने अडान लिँदै आएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
