सीके राउतलाई १० दिन थुनामा राख्न अनुमति
काठमाडौं, २१ माघ । सीके राउतलाई जिल्ला अदालत सिराहाले १० दिन थुनामा राखेर अनुसन्धान गर्ने समय दिएको छ । राज्य विरुद्धको संगठित अपराधमा हिजो जनकपुरबाट पक्राउ परेका राउतलाई आज अदालतमा उपस्थित गराइएको थियो ।
संगठित अपराध अन्तर्गतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । सोही अनुसार राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले अनुसन्धानका लागि पहिले १० दिनको म्याद पाएको हो । राउतविरुद्ध इलाका प्रहरी कार्यालय लहानले नै मुद्दा दायर गरेकोले त्यहीँको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने बताएको छ ।
मधेसमा स्वराज अभियान चलाइरहेका राउतलाई यसअघि २०७१ भदौमा पक्राउ गरी विशेष अदालतमा मुद्दा चलाएको थियो । पक्राउ परेको केही समयपछि उनी ५० हजार धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००