जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न नसके सरकारको आयू समाप्त : पूर्व मन्त्री पोखरेल

भक्तपुर न्यूज

२१ माघ २०७३ ७:०७

जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न नसके सरकारको आयू समाप्त : पूर्व मन्त्री पोखरेल

भक्तपुर, २१ माघ । नेकपा एमाले नेता एवं पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले सरकारले जेठसम्म निर्वाचन गर्न नसके सरकारको आयू स्वतः समाप्त हुने बताएका छन् ।
रफत सञ्चार क्वलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले ब्यवस्थापिका संसदले निर्वाचनसम्बन्धी विधेयक पारित गरेर स्थानीय निकायको निर्वाचन घोषणाको बाटो खुला गरिदा पनि बैशाखको अन्तिम साता अर्थात जेठसम्म निर्वाचन गर्न नसके सरकार स्वतः विघटन भएर नयाँ सरकार गठन हुने बताए ।
सरकारका प्रवक्ताले जेठको १० गतेभित्र निर्वाचन गरिसक्ने प्रतिबद्धता ब्यक्त भइसकेको अवस्थामा यदि कुनै पनि बहानामा निर्वाचन नगर्ने षड्यन्त्र गरिए सरकारलाई एक दिन पनि सरकारमा बस्ने अधिकार नभएको उनले बताए । सरकारले प्रतिबद्धता गरेबमोजिम इमानदारिता कायम राख्नुपर्ने बताउँदै उनले सरकारको आयू लम्याउने र सत्ताको सैदाबाजी गरेर वा मधेशवादी दलको निउँमा निर्वाचन नभए एक दिन पनि सरकारमा बस्ने अधिकार नभएको दावी गरे ।
उनले निर्वाचन अयाोगलाई निर्वाचन घोषणा गर्ने अधिकार पनि नदिने र आफू पनि घोषणा नगर्ने दोहोरो चरित्र सरकारले देखाइरहेको बताए । सरकारले प्रतिबद्धता जनाएअनुसार आजै निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्ने अधिकार दिने गरि सिफारिस गर्न आग्रह समेत गरे ।
उनले प्रतिपक्ष दलको दबाबका बाबजुत काइते खालको निर्णय गरेर सरकारले निर्वाचन आयोगमा पठाउने विशेष चासोको विषय बनेको बताउँदै निर्वाचनसँग सरकार डराएकाले तत्काल मिति घोषणा गर्न छाडेर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको आरोप लगाए । सरकारले उधारो निर्वाचनको अवधि तोकेर कसलाई रिजाउन खोजेको हो ? भन्ने प्रश्न गर्दै आलटाल नगरी तत्काल निर्वाचनको मिति घोषणा गर्न आग्रहसमेत गरे ।
दसकौदेखि स्थानीय जनता आफना प्रतिनिधि चयन गर्ने अधिकारबाट वञ्चित भएको बताउँदै उनले स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढाउन जोड दिए । राजनीतिक दललाई असफल बनाउने प्रयास भइरहेको भन्दै देशलाई संवैधानिक संकटबाट बचाउन सबै राजनीतिक दल एक भएर यो समयमा निर्वाचन गरेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने खाँचो औल्याए ।
उनले भारतीय एयर मार्सल सम्बन्धी मस्यौदा आफनो पालामा गरिएको भन्ने गलत प्रचार भएको भन्दै खण्डल गरे । उनले भने, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको समयमा ०६९ साल त्यसबेलाका पर्यटन मन्त्री पोष्ट बहादुर बोगटीले त्यसको नागरिक उड्डयन सुरक्षा परिषद्बाट सिफासिर गरेर मन्त्रालयमा पठाइएको हो । मेरो पालामा सो ड्राफ्टको विषयमा कानुन सल्लाह लिदाँ उपयुक्त नलागेर मन्त्रालयमा ड्रप गरेको हो । यो मस्यौदा अहिलेका पर्यटन मन्त्री जीवन बहादुर शाहीले असोज ११ गते मन्त्रीपरिषद्मा लगेर १३ गते मन्त्रीपरिषद्ले छलफल गर्दै मन्त्रीपरिषद्ले १७ गते पारित गरेको उनले जानकारी दिए ।
केहि पत्रपत्रिका र मिडियाले आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर गलत प्रचार गरेकोमा आपत्ति जनाउँदै मुलुकलाई हानी नोक्सानी र राष्ट्रियतालाई आँच ल्याउने कुनै काम नगरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *