रोमानियाले भ्रष्टाचारलाई अपराध नमान्ने आदेश विरुद्ध ठूलो प्रदर्शन

भक्तपुर न्यूज

२१ माघ २०७३ ५:३७

रोमानियाले भ्रष्टाचारलाई अपराध नमान्ने आदेश विरुद्ध ठूलो प्रदर्शन

एजेन्सी, २१ माघ । रोमानियामा भ्रष्टाचारजन्य केही क्रियाकलापलाई अपराध नमान्ने गरी नयाँ सत्ताधारी गठबन्धनले जारी गरेको आपतकालीन आदेश विरुद्ध ठूलो प्रदर्शन भएको छ । ४८ हजार डलर भन्दा कम रकमको भ्रष्टाचारमा सामेल सार्वजनिक पदाधारी व्यक्तिलाई जेल सजाय नहुने सरकारी आदेशको विरोधमा प्रदर्शन भैरहेको हो ।
गएराति राजधानी बुखारेष्टमा मात्रै ८० हजार भन्दा धेरै प्रदर्शनकारी उत्रिएका बिबिसीले जनाएको छ । यस्तै देशभर अन्य बीस शहरमा पनि झण्डै दुई लाख प्रदर्शनकारी ¥यालीमा सहभागी भएका छन् । सरकार विरुद्ध यो सन् १९८९ पछि कै विशाल प्रदर्शन भएको खबरमा उल्लेख छ ।
सन् २००७ मा युरोपेली युनियनमा सामेल भएयता भ्रष्टाचारको क्षेत्रमा रोमानियाले हासिल गरेको सफलतालाई यो आदेशले उल्ट्याउन सक्ने आलोचकले बताएका छन् । सोसल डेमोक्याटिक नेता तथा प्रधानमन्त्री सोरिन ग्रीनड्यानुले आफ्नो आदेश फिर्ता नलिने बताए । तर राष्ट्रपति क्लाउस योहानीसले त्यो आदेशलाई संवैधानिक अदालतमा चुनौति दिइने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *