यमनमा भएको आक्रमणमा सर्वसाधारण मारिएको अमेरिकी आशंका

भक्तपुर न्यूज

२१ माघ २०७३ ५:११

यमनमा भएको आक्रमणमा सर्वसाधारण मारिएको अमेरिकी आशंका

एजेन्सी, २१ माघ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यमनस्थित अलकायदाको गढमा गरिएको आक्रमणमा सर्वसाधारण नागरिक मारिएको आशंका व्यक्त गरेको छ । निकै सोचपूर्णरुपमा गरिएको आक्रमणमा पनि सर्वसाधारण मारिएको हुनसक्ने आशंका ह्वाइट हाउसले गरेको हो ।
मानवअधिकारवादी संगठन रिप्रिवले यमनको एक गाउँमा शनिबार भएको आक्रमणमा कम्तीमा २३ जना सर्वसाधारण मारिएको जनाएको छ । मारिनेमध्ये ८ वर्षीया बालिकासमेत रहेको बताइएको छ । उनका बाबुको सन् २०११ मा अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको थियो ।
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बनेपछि यो अभियानलाई अनुमति दिएका थिए । यसअघि अमेरिकी सेनाले गाउँमा गरिएको आक्रमणमा नौसेनाका एक जवानको मृत्यु भएको र अन्य तीन जना घाइते भएको जनाएको थियो । तर अहिले अमेरिकी सेन्ट्रल कमान्डले मारिनेमा बालबालिकासमेत हुनसक्ने जनाएको हो । ह्वाइट हाउसका प्रवक्ता शान स्पाइसरले कुनै व्यक्तिको ज्यान गयो वा घाइते भयो भने त्यो कामलाई पूर्णरुपमा सफल भन्न मुस्किल पर्ने बताए । तर उनले यमनमा गरिएको कारबाही कसैको जिन्दगी बचाउनकै लागि गरिएकाले त्यो सफल भएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *