संसदको विकास समितिको बैठक बस्दै

भक्तपुर न्यूज

२१ माघ २०७३ ५:०७

संसदको विकास समितिको बैठक बस्दै

काठमाडौं, २१ माघ । व्यवस्थापिका संसदको विकास समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समिति कार्यालयमा बस्ने बैठकमा मेलम्ची खानेपानीको पाइपलाइन तथा पानी वितरण विस्तार आयोजनाका क्रममा खनिएका उपत्यका सडक मर्मतका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
बैठकमा छलफलका लागि सरोकारवाला निकायका पदाधिकारीहरुलाई बोलाइएको छ । पाइपलाइन विस्तारका क्रममा खनिएका सडकलाई पुरानै अवस्थामा ल्याउन कम्तीमा पनि एक वर्ष लाग्ने सम्बन्धित सरकोकारवाला पक्षको भनाई छ ।
पाइपलाइन विस्तारसँगै उपत्यकाका अधिकांश स्थानमा खनिएका सडकमा उड्ने धुलो र खाल्डोले सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको भन्दै समितिले चासो देखाएको हो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव, खानेपानी विभागका महानिर्देशक, मेलम्ची खानेपानी आयोजना तथा सडक विभागका पदाधिकारीहरुलाई बोलाइएको छ ।
यस्तै काठमाडौ उपत्यका विकास प्राधिकरण तथा काठमाडौ महानगरपालिका सम्बद्ध पदाधिकारीलाई पनि छलफलका लागि बोलाइएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *