स्थानीय निकायको निर्वाचन सम्बन्धी विधेयक पारित
काठमाडौं, २० माघ । स्थानीय निकायसम्बन्धी विधेयक पारित गर्दै आजको संसद बैठक सकिएको छ । बैठकले यसअघि निर्वाचन आयोग सम्बन्धी विधेयक, मतदाता नामावली सम्बन्धी विधेयक, निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पारित गरिसकेको छ । अब राजनीतिक दलसम्बन्धी विधेयक पारित हुन बाँकी छ । यो विधेयक राज्य व्यवस्था समितिमा विचाराधिन छ ।
संसदको अर्को बैठक २३ गते आइतबार १ बजे फेरि बस्ने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
