ट्रयाक्टरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

भक्तपुर न्यूज

२० माघ २०७३ १०:०८

ट्रयाक्टरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

कञ्चनपुर, २० माघ । कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । आज बिहान गस्तीबाट फर्किंदै गरेका प्रहरी जवान धर्मानन्द भट्टको से १ त ४७५२ नम्बरको ट्रयाक्टरको ठक्करबाट मृत्यु भएको हो ।
ट्रयाक्टरको ठक्करबाट घाइते भएका भट्टको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दार्चुलाको लाली–५ का भट्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यरत रहेको र उनी अहिले इलाका प्रहरी कार्यालय बेल्लाडीमा दरबन्दीमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *