नेपाल प्रहरीमा जागिर खुल्याे

भक्तपुर न्यूज

२० माघ २०७३ ९:५५

नेपाल प्रहरीमा जागिर खुल्याे

काठमाडौँ, २० माघ । नेपाल प्रहरीले एकैपटक २ हजार ६ सय ७८ जवान पदका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले जनपद समुहतर्फ एक हजार ६ सय ४५ तथा प्राविधिकतर्फ एक हजार ३३ जना जवानका लागि आज दरखास्त आह्वान गरेको हो । आगामी फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ ।
खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी हेड्क्वार्टरले आह्वान गरेको भर्ना सम्वन्धी सुचना अनुसार खुल्ला तर्फ ८८७ जना, अमर प्रहरीतर्फ ३३ जना, आदिवासी जनजाती तर्फ २३२ जना, मधेशी २०३ जना, महिला १४५ जना, दलित १०८ जना तथा पिछडाक्षेत्रबाट ३७ जनाको कोटा छ्टुयाईएको छ ।
त्यस्तै प्राविधीकतर्फ पनि समानुपातीक समावेशी प्रावधान अनुसार दरखास्त आह्वान गरिएको छ । प्राविधिक समुहको सञ्चारतर्फ सवैभन्दा धेरै ७१८ जना प्रहरी जवान मागिएको छ ।
महानगरीय प्रहरी परिसरहरु काठमाडौं, लतिलपुर, भक्तपुर, पुर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रिय तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय तालिम प्रहरी तालिम केन्द्र वुटवल, मध्य पश्चिम क्षेत्रीय तामिल केन्द्र नेपालगञ्ज, सुदुर पश्चिम क्षेत्रीय तालिम केन्द्र दिपायल तथा सवै जिल्ला प्रहरी कार्यालयहरुबाट दरखास्त फारम भरेर बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *