बेलायतमा इयुबाट बाहिरीने प्रक्रियालाई निरन्तरता दिन प्रधानमन्त्रीलाई संसदको समर्थन
एजेन्सी, २० माघ । बेलायती संसदले युरोपियन युनियनबाट निक्लने प्रक्रियालाई निरन्तरता दिन प्रधानमन्त्री थेरेसा मेलाई समर्थन दिएको छ । ईयूसँग चलिरहेको बे्रक्जिट प्रक्रियालाई अगाडि बढाउने नबढाउने भन्ने सम्बन्धमा सरकारले ल्याएको युरोपियन युनियनसम्बन्धी विधेयकमा ३८४ जना सांसदले प्रक्रिया निरन्तर राख्न मत दिए भने ११४ जनाले विपक्षमा मत हालेका थिए । जसलाई विपक्षी लेबर पार्टीले पनि समर्थन गरेको छ । लिबरल डेमोक्रेटसहितका तीन दलले भने विधेयकको विपक्षमा मत दिएका थिए भने लेबर पार्टीका ४७ जना र सत्तारुढ टोरीका पूर्व चान्सलर क्लेन क्लार्कले भने विपक्षमा भोट हालेका थिए ।
गएको हप्ता हाउस आफ कमन्समा फिर्ता आएको विधेयकमा अत्यधिक बहुमत मिलेको हो । गत जुनमा भएको जनमत संग्रहमा झिनो मतान्तरले युरोपेली युनियनबाट बाहिरिनुपर्छ भन्नेहरुको बहुमत आएको थियो । उक्त परिणामपछि प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका थिए र थेरेसा मे नयाँ प्रधानमन्त्री चुनिएकी थिइन् ।