यातायातका लेखापाल घुससहित पक्राउ

भक्तपुर न्यूज

१८ माघ २०७३ १०:३७

यातायातका लेखापाल घुससहित पक्राउ

सुनसरी, १८ माघ । एक सेवाग्राहीबाट लाइसेन्स बनाइदिने भन्दै घुस लिँदालिँदै एक कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय कोशी इटहरीका लेखापाल भूपेन्द्र कटुवालले सेवाग्राहीबाट ४० हजार नगद घुस लिँदालिँदै अख्तियारको टोलीले रंगेहात पक्रेको हो । उनले चार जनाको लाइसेन्स बनाइदिने भन्दै आज बिहान कार्यालयसँगैको एक होटलमा सेवाग्राहीलाई बोलाएर घुस रकम लिँदै थिए ।
सेवाग्राहीले अख्तियारलाई सम्पर्क कार्यालय इटहरीमा खबर गरेपछि पक्राउ गर्न अख्तियारको टोली उक्त होटलमै पुगेको थि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *