अपहरण अारोपमा १० जना पक्राउ

भक्तपुर न्यूज

१८ माघ २०७३ १०:२३

अपहरण अारोपमा १० जना पक्राउ

पर्सा, १८ माघ । सिआइबीको प्रहरी हुँ भन्दै एक व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । उनीहरुले माघ १५ गते वीरगञ्जको बसपार्कबाट बाराको सिसवा महेशपुर–२ का ३१ वर्षिय मोहम्मद अब्दुल्लाहलाई अपहरण गरेका हुन ।
उनीहरुले अब्दुलाहलाई बसपार्कबाट स्कार्पियो गाडीमा राखेर बाराको सीमरामा लगेर एउटा होटेलमा राखेका थिए । प्रहरीले अब्दुल्लाहलाई उद्धार गरी अपहरण प्रयासमा लागेका १० जनालाई पक्राउ गरेको हो ।
प्रहरीले  सर्लाही नेत्रगञ्जका योगेन्द्रप्रसाद भट्ट, भाडसारका नसि अख्तर, हरिवन सुवेष घलान, विजयबहादुर बल, काठमाडौं बुढालिकण्ठका प्रेमलाल श्रेष्ठ, सिन्धुपाल्चोक  लिसन्खु घर भई सर्लाहीको हरिवन बस्ने सागर श्रेष्ठ, काभ्रे मिखोरीका मोहनबहादुर किरिङ र सर्लाही नेत्रगंजका राजु लामालाई पक्राउ गरेको हो ।
पर्सा प्रहरीले पक्राउ परेका सबै नागमणीको कारोबारमा संलग्न रहेको जनाएको छ । अब्दुल्लाह समेत त्यही कारोबारमा संलग्न रहेको र पैसाको लेनदेन नमिलेका कारण अपहरण प्रयास भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *