फिफाले गलत निर्णय गरेको भन्दै यूरो क्लबहरुले विश्वकप बहिस्कार गर्ने चेतावनी

भक्तपुर न्यूज

१८ माघ २०७३ १०:१४

फिफाले गलत निर्णय गरेको भन्दै यूरो क्लबहरुले विश्वकप बहिस्कार गर्ने चेतावनी

एजेन्सी, १८ माघ । फिफाको विश्वकप खेल ३२ टिमबाट ४८ टिममा बढाउने निर्णय अर्थहिन रहेको भन्दै यूरोपियन फुटबल क्लबहरुले बिरोध जनाएका छन् ।
यूरोपियन क्लबहरुको प्रतिनिधित्व गर्ने संस्थाका प्रमुख कार्ल हेइन्ज रुम्मेनिग्गेले डेली टेलीग्राफसँग अन्तवर्वार्तामा यस्तो विरोधको स्वर अगाडि सारेका हुन् । २ सय २० सदस्यहरु मिलेर बनेको यूरोपियन क्लब एसोसिएसन (इसिए) का प्रमुख कार्यकारी समेत रहेका रुम्मेनिग्गेले फिफामा रहेको शक्ति बिस्तारै क्लबहरुमा सर्दै गएको तर्क गरे ।
३२ टिम बनाउनु साँच्चै नै एउटा अर्थहिन निर्णय हो, हामी सबै पहिलाको ढाँचामा नै खुसी थियौं, उनले डुस्सेल्फोर्फमा भएको स्पोबिस सम्मेलनका दर्शकसँग भने । फिफाले गत जनवरी १० मा २०१७ बाट लागू हुनेगरी अरु १६ टिम थप्ने निर्णय पारित गर्‍यो तर यूरोपियन क्लबहरुको सदस्यहरुसँग केही सल्लाह नै गरिएन जबकि खेल भएको खण्डमा क्लबहरुले उनीहरुको खेलाडी सदस्य जो वर्ल्डकप खेल्नेछन् लाई विश्वकप खेल्नको लागि अनिवार्यरुपमा छोड्नुपर्ने छ, उनले असन्तुष्टि पोखे ।
‘फिफाको आदर्श वाक्य भनेको हामी प्रशंसकहरुको ख्याल राख्छौं’ हो, उनले अगाडि थपे, तर, उनीहरुले यो कुरालाई अनुशरण गरिरहेका छैनन् । उनले फिफाको नेतृत्वले राजनीति र अर्थभन्दा बढी फुटबललाई नै जोड दिनुपर्ने कुरामा उनले जोड दिए ।
अहिले क्लबहरु धेरै शक्तिशाली भइसकेका छन् भन्दै उनले फिफालाई सावधानी गराउँदै धम्कीपूर्ण भाषामा भने, फिफाको भन्दा क्लबको साथमा समर्थक छन् । तसर्थ, म त्यो परिस्थितिसम्म जान चाहन्नँ जहाँ क्लबहरुले आफ्नो खेलाडीलाई विश्वकप खेल्न जान नै प्रतिबन्ध लगाओस् ।
उनको यो भनाईबाट प्रष्टै बुझ्न सकिन्छ कि यदि फिफाले इसिएसँग परामर्श नगरी निर्णयहरु गर्दै गएमा यूरोपिएन क्लबका खेलाडीहरुलाई वर्ल्डकपमा देख्न नपाउने दिन नआउला भन्न सकिन्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *