तिमी नै तिमी बोलको म्यूजिक भिडियो सार्वजनिक

भक्तपुर न्यूज

१८ माघ २०७३ १०:०१

तिमी नै तिमी बोलको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं, १८ माघ । गायक रोशन श्रेष्ठको आवाजमा रहेको तिमी नै तिमी बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक श्रेष्ठ स्वयमको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र दिनेश श्रेष्ठको संगीत संयोजन छ ।
पोखरा र चितवनका ठाउँहरुका खिचिएको भिडियोमा नायिका वेनिशा हमाल र मोडल सागर पोख्रेल फिचरिङ छन् । प्रेमभाव बोल्ने गीतमा सागर र वेनिशाको केमेष्ट्री लोभलाग्दो देखिन्छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने निशान घिमिरेले काटेका हुन । यसअघि यो मन रम्दैछ, कहाँ समय र सोचि हेर लगायतका गीतहरु बजारमा ल्याइसकेका गायक रोशन श्रेष्ठले प्रेम महिना पारेर तिमी नै तिमी बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको बताए ।
प्राय सधै रोमान्टिक गीतहरु दर्शक, स्रोतामाझ ल्याउने गायक श्रेष्ठले यो पटक पनि भ्यालेनटाइन महिनालाई लक्षित गर्दै प्रेमको स्वाद मिसिएको तिमी नै तिमी गीत सार्वजनिक गरेका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *