म्यानमारका चर्चित कानुन व्यवसायी को नीको गोली हानी हत्या

भक्तपुर न्यूज

१७ माघ २०७३ ८:४७

म्यानमारका चर्चित कानुन व्यवसायी को नीको गोली हानी हत्या

एजेन्सी, १७ माघ । म्यानमारमा चर्चित कानुन व्यवसायी को नीको हत्या भएको छ । आङ साङ सुचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीको कानुनी सल्लाहकारसमेत रहेका नीको रंगुन विमानस्थलमा गोली हानी हत्या गरिएको हो । विमानस्थलमा आउँदै गर्दा उनको टाउकोमा गोली हानी हत्या गरिएको बताइएको छ । घटनाको समयमा को नीले नातिलाई लिएका थिए भने ट्याक्सी चालकको पनि गोली हानी हत्या गरिएको अधिकारीहरुले जनाएका छन् ।
आक्रमणमा संलग्न रहेको आशंकमा एक जनालाई पक्राउ गरिए पनि थप विवरण भने सार्वजनिक गरिएको छैन । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको म्यानमारमा को नी केही गनिएका मुश्लिम मध्येका थिए । हत्याको कारण भने खुल्न सकेको छैन । तर को नीकी छोरीले भने राजनीतिमा सेनाको प्रभाव विरुद्ध विचार दिइरहने आफ्ना बाबुलाई धम्कीसमेत आउने गरेको बताएकी छन् । म्यानमारमा राजनीतिक हत्या अत्यन्तै कम हुने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *