फ्रान्सेली सुन्दरी इरिसलाई मिस युनिभर्स-२०१६ को ताज
एजेन्सी, १७ माघ । फ्रान्सकी २३ वर्षीया इरिस मिटेनाएरेले मिस युनिभर्स २०१६ को ताज पहिरिएकी छन् । फिलिपिन्समा आयोजना गरिएको मिस युनिभर्स प्रतियोगितामा ८६ देशका सुन्दरीहरुलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् ।
उत्तरी फ्रान्सको एउटा सानो सहरबाट मिस युनिभर्स २०१६ मा सहभागिता जनाउन आएकी इरिसले प्रतियोगिताको अन्तिम राउन्डमा एउटा प्रश्नको जवाफमा भनेकी थिइन्, यो ताज जितेर मलाई धेरै गर्व महसुस हुनेछ।
प्रतियोगितामा २५ वर्षिय मिस हाइटी रेक्वेल पेलिसियरले फस्ट रनर अप र मिस कोलंबिया २३ वर्षीय एंड्रिया टोवरले सेकेन्ड रनर अपको उपाधी हात पारे।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
