अमेरिका जाँदा सावधानी अपनाउन इरानद्वारा आफ्ना नागरिकलाई सचेत
एजेन्सी, १७ माघ । इरानले अमेरिका जाने आफ्ना नागरिकलाई कुनै समस्या नआउने पक्का भएपछि मात्र त्यहाँ जान हिजो सचेत गराएको इरानी सरकारी आइआरएनए न्युज एजेन्सीले जनाएको छ । इरान सरकारद्वारा आफ्ना नागरिकलाई यो सल्लाह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विभिन्न छ वटा इश्लामिक देशबाट अमेरिका पुग्ने आप्रवासी शरणार्थीलाई रोक्न दिएको निर्देशनपति कैयौँ इरानी नागरिक अमेरिकी विभिन्न राज्यमा रोकिएका खबर आएसँग दिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार विशेष आदेश दिदै अमेरिका प्रवेशमा रोक लगाउने गरेको निर्णयले विश्वभरबाट अमेरिका पुग्ने यात्रुहरुबीच तनाव सिर्जना गरेको छ । राष्ट्रपति ट्रम्पको निर्देशनलाई पछ्रयाउदै ह्वाइट हाउसले इरान, इराक, सिरिया, सुडान, लिविया, यमन र सोमालियाबाट अमेरिका पुग्ने आप्रवासीलाई कडाई गरिने जनाएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३