लेखा समितिको सभापति चयनका लागि आज निर्वाचन हुने

भक्तपुर न्यूज

१७ माघ २०७३ ५:३५

लेखा समितिको सभापति चयनका लागि आज निर्वाचन हुने

काठमाडौं, १७ माघ । व्यवस्थापिका संसद अन्तरगत लेखा समितिको सभापति चयनका लागि आज निर्वाचन हुदैछ । नेकपा मोओवादी केन्द्रका सांसद जनार्दन शर्मा मन्त्री हुनु भएपछि लामो समयदेखि रिक्त रहेको समिति सभापति पदका लागि आज निर्वाचन हुन लागेको हो ।
संसदको महत्वपूर्ण समितिहरु मध्ये एक लेखा समितिको नेतृत्वका लागि प्रमुख प्रतिपक्षी एमालेले तथा सत्तारुढ दल कांग्रेस माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिपक्षी एमालेले पशुपति चौलागाईलाई अघि सारेको छ भने सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले डोरप्रसाद उपाध्यायलाई अघि सारेका छन् ।
समितिले सार्वजनिक अनियमितता, सरकारी निकाय र संगठित संस्थाको लेखा हेर्न अधिकार पाएको छ । सभापति बिहीन भएको करिव छ महिनापछि समितिको सभापति चयन प्रक्रिया अघि बढेको हो ।
ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको सभापतित्वमा लेखा समितिको बैठक बसेसँगै सभामुख ओनसरी घर्तीले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *